
९ जेठ, काठमाडौं । नेपाली फिल्म ‘धड्कन’को ‘नाच्छ यो मन’ सहित ‘छाएछ वसन्त’, ‘सयौं काँडा’, ‘तिमी आयौ’ लगायत थुप्रै गीत गाएकी भारतीय गायिका श्रेया घोषाल आमा बनेकी छन् । ३७ बर्षीया गायिकाले शनिबार छोराको जन्म दिएकी हुन् ।
गायिका घोषालले सामाजिक संजाल मार्फत यो खुसी सबैमाझ शेयर गरेकी छन् । श्रेयाले लेखेकी छन् ‘भगवानले आज बेबी ब्वाइको रुपमा महत्वपूर्ण आर्शिवाद दिनु भएको छ । अहिलेको जुन भावना छ त्यो पहिले कहिलै महसुस भएको थिएन ।’
घोषालले आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।
प्रतिक्रिया दिनुहोस