सुनचाँदी

सुनको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

gold shop

९ जेठ, काठमाडौं । हप्ताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा ३०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको हो। त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ।

यता चाँदी तर्फ भने गत शुक्रबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले गिरावट आउँदै आइतबार एक हजार ३४५ रुपैयाँ कायम भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस