
९ जेठ, काठमाडौं । केही बर्ष अगाडि हलमा रिलिज भएको फिल्म ‘हिटलर’ युटुबमा सार्वजनिक गरिएको छ । सौरभ ढकालको निर्देशनमा तयार भएको यो फिल्मलाई रेड बर्ड प्रोडक्शनको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
अष्टनारायण पिक्चर्सले निर्माण गरेको यो फिल्ममा सोहित मानन्धर, मेनुका प्रधान, समिया बर्तौला, अर्जुन गुरुङ, दिवस धिताल लगायतका कलाकारको अभिनय छ । यो फिल्ममा लोचन घिमिरेको संगीत, कृष्ण अछामीको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, अर्जुनराज पौडेलको छायांकन छ ।
किचमान चित्रकारको कथा रहेको यो फिल्ममा बुद्धरत्न मानन्धर, त्रिरत्न मानन्धर, रामवीर मानन्धर, मनिकराम मानन्धर कार्यकारी निर्माताको रुपमा छन् । चिनिमाया मानन्धर यो फिल्मको निर्माता हुन् । यो फिल्मले हलमा भने औषत व्यापार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस