मुख्य समाचार

महोत्तरीमा सात जनाको मृत्यु

Death Body

९ जेठ, महोत्तरी । महोत्तरीका विभिन्न स्थानमा गएराति सात जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गौशाला नगरपालिका–९ स्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी सोनमा गाउँपालिका–४ बस्ने ४० वर्षीय कपुरी ठाकुरको मृत्यु भएको हो ।

गौशालाबाट बा.३६ प. ४१४५ नंको मोटरसाइकलमा सोनमा जाँदै गर्दा उनको मृत्यु भएको हो । गएराति नै जिल्लाको बर्दिबास नगरपालिका–१ स्थित अटो ग्यारेजमा काम गर्ने सिरहा मिर्चैयाका २३ वर्षीय मुकिम अन्सारी मृत्यु भएको छ ।

आफ्नै कोठामा पङ्खा चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ  ।

कोरोनाबाट पाँचजनाको मृत्यु

कोभिड–१९ सङ्क्रमणबाट गएराति एक महिलासहित पाँचजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौशाला नगरपालिका–५ का ६० वर्षीय पुरुष, ४ का ६८ वर्षीय पुरुष, बर्दिबास–१ का ५१ वर्षीय पुरुष, औरही नगरपालिका–४ का ६८ वर्षीय पुरुष र जलेश्वर नगरपालिका–१ का ५० वर्षीया महिला रहेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस