
९ जेठ, काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहरको क्रमशः कम हुँदैछ ।
शनिबार भारतमा २ लाख ४० हजार ७६६ मा कोरोना पुष्टि भएको छ । भारतमा ३५ दिनपछि नयाँ संक्रमितको आँकडा २ लाख ५ हजारभन्दा कम रह्यो । यसअघि १६ अप्रिलमा २ लाख ३४ हजार २ जना कोरोनाद्वारा संक्रमित पाइएका थिए ।
यद्यपि, महामारीका कारण ज्यान गुमाउनेको संख्या अहिले पनि चिन्ताजनक नै छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ३,७३६ जनाको मृत्यु भएको छ । साथै, यतिबेला ३ लाख ५४ हजार ८२५ जना निको पनि भएका छन् ।
यसरी भारतमा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा १ लाख १७ हजार ८७७ को कमी भएको छ । हाल देशमा २८ लाख ४०३ कोरोना संक्रमितको उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस