समाचार

कोरोना संक्रमणबाट नेपाली काँग्रेसका क्षेत्रीय सचिवको निधन

covid 19 dead

९ जेठ, कञ्चनपुर । नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सचिव सुदर्शन ऐरको ५२ वर्षको उमेरमा कोरोना संक्रमणका कारण गए राति निधन भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा उनको निधन भएको हो ।

गत वैशाख २८ गते पीसीआरको नतिजा पोजेटिभ आएपछि घरमै आइसोलेशनमा बस्दै आएका ऐरलाई तीन दिनअघि मात्रै स्वास्थ्यमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्लाफाँटा नगरपालिका–९ सिसैया स्थायी घर भएका ऐर परिवारसहित कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा बसोबास गर्दै आएका थिए ।

युवाबीच ऐर लोकप्रिय नेताका रुपमा स्थापित थिए । ऐरका श्रीमतीसहित एक छोरा र एक छोरी छन् । ऐरको निधन भएपछि सिङ्गो पार्टी जिल्ला समिति शोकमग्न भएको छ । नेपाली कांग्रेस शुक्लाफाँटाका नेता तेज शाहले उहाँको निधनले पूरै पार्टी स्तब्ध भएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *