समाचार

अवैध रुपमा सेनीटाइजर उत्पादन गर्ने कम्पनीमा प्रहरीको छापा, एकजना पक्राउ

Senitaiser Balaju

९ जेठ, काठमाडौं । बालाजुस्थित औधोगिक क्षेत्रमा रहेको सेनिटाइजर कम्पनीमा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेर अवैध रुपमा उत्पादन गरिएको ठुलो परिमाणमा सेनिटाइजर बरामद गरेको छ ।

बिना दर्ता सेनीटाइजर उत्पादन गर्ने काठमाडौं–१३ स्थित ताहाचल घर भएका राकेश अग्रवाललाई पक्राउ गरिएको परिसरका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिए । उत्सव डिटरजेन्ट एण्ड कस्मेटिक उद्योगको नाममा दर्ता रहेको सो कम्पनीले सेनिटाइजर उत्पादन गर्ने अनुमति नपाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अग्रवालको ताहाचलस्थित सेनिटाइजर गोदाममा पनि परिसरको टोलीले छापा मारेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *