सेयर मार्केट

३२.८१ अंकले बढ्यो नेप्से, ११ अर्ब ७० करोडको कारोबार

broker office kathmandu

९ जेठ, काठमाडौं । आइतबार नेप्से परिसूचकमा हरियाली छाएको छ । नेप्से परिसूचक ३२.८१ अंकले बढेर २८२० बिन्दुमा पुगेको छ । बजार १.१८ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

विशेषगरी बैङ्क तथा वित्तीय संस्थाहरुको समूहमा बढोत्तरी छ । वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स समूहका सूचक बढेपछि बजारमा  उत्साह थपिएको हो । २ करोड ५१ लाख ६३ हजारभन्दा बढी कित्ता सेयरको ११ अर्ब ७० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

खरिदबिक्री रकममा ४१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहित नेपाल पुनर्बिमा कम्पनी अगाडी छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेसनल लाइफ इन्सुरेन्स र ज्योति विकास बैङ्क परेका छन । १३ मध्ये १० समूहको सूचकमा हरियाली देखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस