अर्थनीति

अध्यादेशबाट बजेट ल्याउने सरकारको तयारी

bajet artha

९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट आउने भएको छ । आइतवार प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा आफ्नो दल निकट पत्रकारहरूसँगको अन्तर्क्रियामा  अध्यादेशबाट ल्याउने बजेटका लागि एउटा औपचारिक बाचन कार्यक्रम राखिने जानकारी दिए ।

उनले भने, ‘त्यसको जारी औपचारिक रुपमा सम्माननीय राष्ट्रपतिबाट हुनेछ । बजेट सस्तो लोकप्रियता अथवा चुनाव भइसकेपछि पनि दुरगामी भविष्यलाई प्रभाव पार्नेगरी देशका लागि प्रतिकूल हुनेगरी आउँदैन । हामी जिम्मेवार ढंगले बजेट प्रस्तुत गर्छौ । मैले यसअघि नै घोषणा गरेका नीतिहरु, कार्यक्रमहरूका लागि पनि बजेट आउँछ ।’

उनले विकास निर्माणका साथै कोरोना निर्मूलका लागि बजेट केन्द्रीत हुने दावी गरेका छन् । यही जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस