मुख्य समाचार

बङ्गलादेशमा लकडाउन अवधि बढ्यो, यातायात सञ्चालनलाई खुकुलो पारिने

covid 19 Bangladesh

९ जेठ, काठमाडौं । बङ्गलादेशले कोभिड–१९ नियन्त्रणका लागि लगाउँदै आएको बन्दाबन्दीलाई मे ३० सम्म विस्तार गर्ने निर्णय गरेको छ । सरकारले बन्दाबन्दीको अवधि बढाए पनि यातायात सञ्चालनमा रहेको प्रतिबन्धलाई सहज बनाएको छ । बङ्गलादेशले महामारी फैलिन नदिन गत महिनादेखि बन्दाबन्दीको घोषणा गरेको थियो। बङ्गलादेशको मन्त्री परिषद्ले आइतबार एक सूचनामार्फत यो निर्णय सार्वजनिक गरेको हो।

पछिल्लो पत्र अनुसार सरकारले आइतबार मध्यरातदेखि स्वास्थ्य नियमहरू पालना गर्ने सर्तमा सार्वजनिक यातायात सेवाहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । कोभिड– १९ विरूद्धको अभियानमा बङ्गलादेशले अप्रिल १४ देखि २१ सम्म आठ दिन कडा लकडाउनको घोषणा गरेको थियो भने पछि यसलाई चरणबद्ध रूपमा मे २३ सम्मका लागि विस्तार गरेको थियो । यस मुलुकमा आगामी दिनमा होटल र रेष्टुरेन्टहरु पनि प्रतिबन्धको दायरा बाहिर राखिएको छ । हालका दिनहरूमा कोभिड–१९ सङ्क्रमण र मृत्यु दरमा न्यूनता आउन थालेपछि प्रतिबन्धलाई सहज बनाइएको हो ।

शनिबार, यहाँको स्वास्थ्य सेवा महानिर्देशनालय गत २४ घण्टाभित्र कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक हजार २८ रहेको छ भने ३८ सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बङ्गलादेशमा कोभिड–१९ बाट अहिलेसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ८७ हजार ७२६ पुगेको छ भने १२ हजार ३४८ सङ्क्रमितको मृत्यु भएको छ । आधिकारिक तथ्याङ्कका अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.५७ प्रतिशत छ र निको भएकाको सङ्ख्या ९२.६५ प्रतिशत छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस