मुख्य समाचार

३५ अस्पतालमा आईसीयू भेन्टिलेटर र अक्सिजन प्लान्ट जडान गर्न २ अर्ब ९३ करोड विनियोजन

Health Ministry

९ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका ३५ अस्पतालमा आइसियु, भेन्टिलेटर र अक्सिजन प्लान्ट जोड्न झण्डै ३ अर्ब बजेट विनियोजन गरेको छ ।

ती अस्पतालहरूमा ३६० आइसियु, १८० भेन्टिलेटर, १९ अक्सिजन प्लान्ट, २६ अक्सिजन ट्यांकका लागि २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए ।

मन्त्रालयले अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक खरिदका लागि समेत बजेट विनियोजित गरेको हो । कोरोना महामारीका कारण देशभर अक्सिजनको अभाव भएपछि मन्त्रालयले एकैपटक अस्पतालहरूमा अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक किन्ने योजना अघि सारेको हो ।

कुन–कुन अस्पतालमा कति बजेट बिनियोजन ?

१.कोशी अस्पताल विराटनगरमा —६ करोड ८० लाख
२.वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान—१८ करोड ८० लाख
३.गजेन्द्र नारायणसिंह अस्पताल— ३ करोड ८० लाख
४.नारायणी अस्पताल विरगञ्ज—  ९  करोड ८० लाख
५.भरतपुर अस्पताल— ९ करोड ८० लाख
६.प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली— ६ करोड ८० लाख
७.धुलिखेल अस्पताल— ६ करोड ८० लाख
८.वीर अस्पताल— ३० करोड ८० लाख
९.गंगालाल अस्पताल—८० लाख
१०.राष्ट्रिय ट्रमा सेन्टर— ९ करोड
११.मनमोहन कार्डियोभाष्कुलर तथा थोरासिक सेन्टर— ८० लाख
१२.नेपाल प्रहरी अस्पताल—९ करोड ८० लाख
१३.सशस्त्र प्रहरी अस्पताल— ९ करोड ८० लाख
१४.शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल— ३ करोड
१५.वीरेन्द्र अस्पताल छाउनी— ९ करोड
१६.निजामती कर्मचारी अस्पताल— ६  करोड ८० लाख
१७.कान्ति बाल अस्पताल— ६ करोड ८० लाख
१८.पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान— १२ करोड ८० लाख
१९.त्रिवि शिक्षण अस्पताल— १२ करोड
२०.चितवनको भरतपुर अस्पताल— ८० लाख
२१.पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान— ९ करोड ८० लाख
२२.जीपी कोइराला श्वासप्रश्वास अस्पताल— ९  करोड
२३.राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान— ९ करोड
२४.भेरी अस्पताल—१५ करोड
२५.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान—  ८० लाख
२६.डडेल्धुरा अस्पताल—  ६ करोड ८० लाख
२७.मेची अस्पताल—  ९ करोड
२८.प्रादेशिक अस्पताल जनकपुर—  ९ करोड ८० लाख
२९.भक्तपुर अस्पताल—  ३ करोड ८० लाख
३०.बागलुङ अस्पताल— ३ करोड
३१.भिम अस्पताल भैरहवा— ३ करोड ८० लाख
३२.लुम्बिनी प्रादेशिक अस्पताल— ९ करोड ८० लाख
३३.सुर्खेत प्रादेशिक अस्पताल—१२ करोड ८० लाख
३४.सेती प्रादेशिक अस्पताल—  ६ करोड ८० लाख
३५.महाकाली अस्पताल कञ्चनपुरमा ९ करोड ८० लाख

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस