मुख्य समाचार

संगीतकार विजय पाटिलको निधन

bijay patel

९ जेठ, मुम्बई । ‘मैने प्यार किया’, ‘हम आपके है कौन’ जस्ता थुप्रै हिट फिल्मका संगीतकार विजय पाटिल अर्थात रामलक्ष्मणको निधन भएको छ । पछिल्लो केही समयदेखि बिमारी रहेका रामलक्ष्मणको हृदयघातका कारण शनिबार निधन भएको हो ।

७९ वर्षका रामलक्ष्मणको नागपुरमा निधन भएको बलिउड मिडियाले जनाएका छन् । रामलक्ष्मणको निधनले पुरै बलिउड अहिले शोकमा डुबेको छ । चर्चित गायिका लता मंगेशकरले उनको निधनमा शोक ब्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अहिले थाहा भयो कि धेरै गुणवान र लोकप्रिय संगीतकार रामलक्ष्मणको निधन भएको छ ।  उनी निकै राम्रा मानिस थिए । मैले उनको धेरै गीत गाएकी छु । जुन लोकप्रिय भएका छन् ।’

त्यस्तै गायक कुमार सानुले पनि उनको निधनप्रति शोक व्यक्त गरेका छन् । उनले लेखेका छन्– ‘रामलक्ष्मण मलाई प्रेमले कुमारजी भनेर बोलाउँथे । गीत सिकाउने समय गायकसँग जहिले पनि साथीको जस्तो ब्यवहार गर्दथे । कुनै गीत गाउँदा गाह्रो भए हिम्मत दिन्थे, गाउन सक्छौ भनेर हौसला दिन्थे । उनको यही स्वभावको कारणले सबै कलाकारको प्रिय थिए ।’

विजय पाटिल पहिले रामलक्ष्मणको नामबाट चिनिने गर्दथे । उनको साथमा रामको जोडी थियो । उनीहरु दुबै मिलेर संगीत दिन्थे । अचानक रामको निधन भयो । त्यो समयदेखि विजयले पुरा नाम रामलक्ष्मण राखेका थिए । उनले ‘एजेन्ट बिनोद’, ‘तराना’, ‘हम से बढकर कौन’, ‘मैने प्यार किया’, ‘हम आपके है कौन’, ‘१०० डेस’, ‘अनमोल’ जस्ता हिन्दी फिल्ममा संगीत दिएका छन् । उनले आफ्नो बुबा र काकासँग संगीतको ज्ञान लिएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *