
९ जेठ, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (एससीबीएनएल) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच कनेक्ट आईपीएस र नेसनल पेमेन्ट इन्टरफेस प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी सम्झौता भएको छ ।
जस अन्तर्गत यस परियोजनाको पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक वित्तिय संस्थामा रहेको खाताबाट कनेक्ट आईपीएसमार्फत् एससीबीएनएलमा रहेको खातामा अनलाइन फण्ड ट्रान्स्फर गर्न सकिनेछ ।
एससीबीएनएल र एनसीएचएलका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित भर्चुअल समारोहमा सो सम्बन्धमा सदस्यता सम्झौता कार्यान्वयन भएको छ । यस सहकार्यले ग्राहकहरूलाई अनलाइन भुक्तानीमा थप सहयोग पु¥याउने र नेपालको डिजिटल भुक्तानी इकोसिस्टम विस्तार गर्न सहयोग हुन विश्वास बैंकको छ ।
प्रतिक्रिया दिनुहोस