मुख्य समाचार

सिंगापुरबाट ल्याइएका १३ टन स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

kit hadover

९ जेठ, काठमाडौं । देशमा फैलिएको कोभिड–१९ सम्वन्धी १३ टन भन्दा बढी मेडिकल कार्गो लिएर नेपाल वायुसेवाको चार्टर उडान सिंगापुरबाट काठमाडौं आइपुगेको छ । तामासेक फाउन्डेशन सिंगापुर, लोटस लाइफ फाउन्डेशन सिंगापुर, गोर्खा ब्रुअरीका साथै नेपाल सरकार, विभिन्न मन्त्रालयहरू, कूटनीतिक नियोगहरू र नेपाली प्रवासीको प्रयासमा उक्त सामाग्री नेपाल आइपुगेको हो ।

करिब ३ मिलियन सिंगापुर डलर (करिब २५ करोड नेपाली रुपैयाँ) को संयुक्त अनुमानित मूल्यको कार्गो स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई गोर्खा ब्रुअरीका उप–प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले आज हस्तान्तरण गरे ।

मेडिकल सामाग्रीमा सिंगापुरको विज्ञान, प्रविधि र अनुसन्धान एजेन्सीद्वारा डिजाइन गरिएको  १ लाख २३ हजार भन्दा बढी फोर्टिट्यूड ३.० पीसीआर परीक्षणहरू, ५ हजार बाकस सिटोटेष्ट श्वाब किट्स (२,५०,००० किट), २ म्यागेस३२आरएनए निकासी मेशिनहरु, २ हजार ५०० निकासी किट र रिजेन्टस्, ३० अल्फा टेली–भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजीइभो भेन्टिलेटर, ५० युवेल बीआई–प्याप, नन्–इन्भेसिभ भेन्टिलेटरहरु र ४ हजार पल्स अक्सीमीटरहरु समावेश छन् । यसका साथै थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने बताइएको छ ।

तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर, गोर्खा ब्रुअरी प्रालिका साथै नेपाल सरकार, विभिन्न मन्त्रालयहरू, कूटनीतिक नियोगहरू र नेपाली प्रवासीसँग घनिष्ठ सहकार्यद्वारा गरिएको सहयोगबाट यो सम्भव भएको जनाइएको छ ।

cargo

स्वास्थ्य सामग्रीहरुमा एक लाख २३ हजार बढी फोर्टिट्युड ३.० पीसीआर परीक्षणहरू सिंगापुरको विज्ञान, प्रविधि र अनुसन्धान एजेन्सीद्वारा डिजाइन गरिएको पाँच हजार बाकस, सिटोटेष्ट स्वाब किट्स २ लाख ५० हजार, २ म्यागेसी ३२ आएनए निकासी मेसिन, २५०० निकासी किट र रिजेन्ट्स, ३० अल्फा टेली–भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० युवेल बी पीएपी, नन–इन्भेसिभ भेन्टिलेटरहरु र चार हजार बढी पल्स अक्सिमिटर रहेको जनाइएको छ ।

यसका साथै थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । तामासेक फाउन्डेसन इन्टरनेशनलका मुख्य कार्यकारी अधिकारी बेनेडिक्ट चिओङले एक वक्तव्य जारी गर्दै कोभिड–१९ को विभिन्न भेरिएन्टहरूबाट जीवन बचाउन र महामारीलाई नियन्त्रणमा ल्याउन निरन्तरसँगै मिलेर काम गरिरहनु आवश्यक रहेको बताए ।

सिंगापुरस्थित तामासेक फाउन्डेसनले २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्युड २.० पीसीआर कोभिड–१९ जाँच्ने टेस्ट कीट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो । यसैगरी, २०७२ को भूकम्पपछि मन्त्रालयलाई शिक्षा र तालिम कार्यक्रमहरुमा सहयोग गरेको थियो ।

स्वास्थ्य सामग्री लिँदै मन्त्री त्रिपाठीले अहिलेको कठिन घडीमा सिंगापुरको तामासेक फाउन्डेसन, लोटस लाइफ फाउन्डेसन तथा गोर्खा बु्रअरीबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस