मुख्य समाचार

नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेका खोप प्रभावकारी

corona vaccine

१० जेठ, काठमाडौं । नेपालमा अत्यधिक पाइएको कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको एक बेलायती अध्ययनले औंल्याएको छ । बिबिसीका अनुसार अमेरिकाको फाइजर कम्पनी र अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेका खोप संक्रामक मानिएको बी.१.६१७.२ नामक इन्डियन भेरियन्टविरुद्ध प्रभावकारी देखिएका हुन् । हालै गरिएको भाइरसको आनुवांशिक अध्ययनले यही भाइरसको प्रजाति नेपालमा अत्यधिक देखाएको थियो ।

अस्ट्राजेनेका र फाइजरको पहिलो डोज लगाएको ३ सातापछि नयाँ भेरियन्टबाट जोगाउन यी खोपले ३३ प्रतिशत मात्र सुरक्षा दिने देखिएको छ । दोस्रो डोज लगाएको २ सातापछि अस्ट्राजेनेका खोप इन्डियन भेरियन्ट रोक्न ६० प्रतिशत प्रभावकारी र बेलायती भेरियन्ट रोक्न ६६ प्रतिशत प्रभावकारी देखिएको छ । इन्डियन भेरियन्ट रोक्न फाइजर खोप ८० प्रतिशत प्रभावकारी देखिएको छ भने बेलायती भेरियन्ट रोक्न ९३ प्रतिशत सक्षम रहेको पनि अध्ययनले देखाएको बिबिसीले जनाएको छ ।

बेलायतको पब्लिक हेल्थ इंग्ल्यान्डले फाइजर खोपको तुलनामा बेलायतमा अस्ट्राजेनेका खोपको प्रयोग ढिलो सुरु गरिएकाले यी दुई खोपको प्रभावकारितामा फरक आएको हुन सक्ने जनाएको छ । बेलायतमा फाइजर खोपलाई पहिला अनुमति दिइएको थियो । बेलायतको उक्त संस्थाले अस्पतालमा भर्ना गर्नुपर्ने स्थिति र मृत्यु रोक्न खोप झनै बढी प्रभावकारी रहेको देखिएको जनाएको छ । अस्ट्राजेनेका खोपले प्रभावकारिता देखाउन केही समय लाग्ने अन्य तथ्यांकले देखाएको पनि पब्लिक हेल्थ इंग्ल्यान्डले उल्लेख गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *