सुनचाँदी

सुनको मूल्यमा सामान्य वृद्धि, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

gold

१० जेठ, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार ७०० रुपैयाँ कायम भएको हो । त्यस्तै तेजाबी सुन आज प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार यता चाँदी भने गत आइतबारको तुलनामा प्रतितोला ५ रुपैयाँ मात्र वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँ कायम भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *