मुख्य समाचार

काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप्ने तयारी

koteshwor lockdown

१० जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याउने तयारी भएको छ । उपत्यकामा कोरोना संक्रमणदर घटाउन एक साता निषेधाज्ञा कायमै राख्ने तयारी भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली दोस्रो लहरको कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै एकसाता निषेधाज्ञा लम्ब्याउने तयारी भएको बताएका छन् ।

‘‘अहिले तत्काल निषेधाज्ञा खोल्ने परिस्थिति छैन । अझै पनि उपत्यकाको संक्रमणदर घटेको छैन । अब थपिने एक साताको निषेधाज्ञा झन कडा हुनेछ,” प्रजिअ पराजुलीले भने, ‘‘विहान तरकारी पसलहरुमा बढी भिडभाड देखिएको छ । यसलाई  निषेधाज्ञामा कसरी व्यवस्थापन गरेर लैजाने भन्ने गृहकार्य गरिरहेका छौँ । विहान १० बजेसम्म खोलिएका खाद्यन्न पसलहरुमा कसरी भिडभाड कम गरी संक्रमण दर घटाउने भन्नेतिर प्रशासनको ध्यान गएको छ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस