१० जेठ, बाँके । बाँकेमा जारी निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एकहप्ता लम्ब्याउने निर्णय गरेको हो ।
आइतवार बसेको डीसीएमसीको बैठकले निषेधाज्ञालाई निरन्तरता दिन सिफारिस गरेको छ । कोरोना भाइरस संक्रमण तिव्र रुपमा फैलिएपछि बाँके प्रशासनले यसको रोकथाम र नियन्त्रणका लागि वैशाख १३ गतेदेखि बाँकेमा एकहप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो ।
त्यसलाई सात–सात दिन गर्दै बढाइएको हो । त्यसअघि स्थानीय प्रशासनले वैशाख ९ गतेदेखि नेपालगन्ज क्षेत्रमा मात्रै निषेधाज्ञा लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस