मुख्य समाचार

सेयर कारोबारमा नयाँ रेकर्ड, १३ अर्ब बढी कारोबार

Nepal Stok exchange

१० जेठ, काठमाडौं । सोमबार सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । यस दिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । जुन रकम अहिलेसम्मकै उच्च हो । केही दिनअघि ११ अर्ब ९५ करोडको कारोबारले रेकर्ड बनाएको थियो ।

कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा नेप्से परिसूचक पनि उच्च अंकमा पुगेको छ । ३ अंकले बढेर परिसूचक २८२३ अंकमा कायम भएको छ । बैंकिङ ४, जलविद्युत ५ र निर्जीवन बीमा १९६ अंकले बढेका छन् । ब्यापार ५७, होटल तथा पर्यटन १७, विकास बैंक ३२, फाइनान्स ३६, उत्पादन ४७, अन्य ९, माइक्रोफाइनान्स ५ र जीवन बीमा समूह ५५ अंकले घटेका छन् ।

बरुण हाइड्रोपावर, युनाइटेड इदी मर्दी र माउन्टेन हाइड्रोको मूल्य करिब १० प्रतिशतले बढेको छ । त्यस्तै ग्रीन डेभलपमेन्टको मूल्य साढे ९ प्रतिशतले बढ्यो । जलविद्युत लगानी तथा विकास कम्पनीको मूल्य ७ प्रतिशतले बढेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *