मुख्य समाचार

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने गगन थापाको विश्वास

gagan thapa

१० जेठ, काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने विश्वास रहेको बताएका छन् ।

सर्वोच्च अदालत परिसरमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अदालतमा संसदको कुल संख्याको ५४ प्रतिशत सांसद आइपुगेको भन्दै  संसद पुनःस्थापना हुने विश्वास व्यक्त गरे । त्यसैले अब सर्वोच्च अदालतले पनि दायाँबायाँ गर्न नमिल्ने उनको भनाइ छ ।

सांसद थापाले संसद पूनःस्थापना हुनेमा आफू पूर्ण विश्वस्त रहेको बताए । उनले भने, ‘हामी ज्युँदैछौं, १४६ जना सर्वोच्चमा आफै उपास्थित भएर आएकोले सर्वोच्चले दायाँबायाँ गर्न सक्दैन र गर्दैन । अदालतप्रति हाम्रो भरोसा छ । अदालतले आफैले गरेको फैसलालाई टेकेर फैसला गर्नेमा म विश्वस्त छु ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकारी व्यक्तिको संज्ञा दिदै प्रधानमन्त्री ओलीका पछिल्ला धारणा टिप्पणी गर्न लायक समेत नरहेको बताएका छन् । संसद विघटन विरुद्ध विपक्षी दलका १४६ सांसदहरु उपस्थित भएर आज रिट दायर हुने क्रममा रहेको छ ।

अहिले सांसदहरुले आफ्नो हस्ताक्षर सनाखत खरिरहेका छन् । रिटमा काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमालेको नेपाल पक्षका २३, जसपाको यादव पक्षका १२ र जनमोर्चाको एक सांसदको हस्ताक्षर रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस