मुख्य समाचार

भौतिक उपस्थितिमा एसईई परीक्षा हुने सम्भावना न्युन छ : मन्त्री श्रेष्ठ

annfsu

१० जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले २०७७ को एसईई परीक्षा भौतिक रुपमा सञ्चालन गर्ने सम्भावना न्युन रहेको बताएका छन् ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको १३ बुँदे ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले एसइई परीक्षा भौतिक उपस्थितिमा हुने सम्भावना न्यून रहेका बताएका हुन् । सोही क्रममा उनले भने,‘कक्षा १२ र एसइई परीक्षाको विकल्प बारे छलफल भइरहेको छ ।’

राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिको बारेमा निर्णय हुने उनको भनाइ छ ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री श्रेष्ठले सो  जानकारी दिएका हुन् ।

संगठनका अध्यक्ष ऐन महर सहितको टोलीले मन्त्री श्रेष्ठलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो । सो क्रममा मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यही महिनाभित्र जानकारी दिने उल्लेख गर्दै भने, ‘सबै परीक्षाको विषयमा चाँडै निर्णय गर्नेछौँ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस