१० जेठ, काठमाडौं । कोरोना भाइरसका कारण नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको मृत्यु भएको छ ।
नेपाल प्रहरी अस्पतालमा सोमबार खरेलको मृत्यु भएको हो । उनी संगठनमा इमान्दार र व्यवसायीक अधिकृतको रुपमा परिचित थिए । खरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए ।
प्रहरी अस्पतालमा जेठ ६ मा राति महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजकुमार केसीले पनि ज्यान गुमाएका थिए । वैशाख २२ संक्रमण भएपछि केसीलाई सो अस्पतालमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस