लुम्बिनी प्रदेश

रुपन्देहीको सैनामैनामा एक युवकको शव फेला

bead body tag

१० जेठ, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–९ मा एक युवकको शव फेला परेको छ । सैनामैना–९ अन्तरगत पर्ने बनराह खोलामा पानीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालका अनुसार अन्दाजी २५/३० वर्षका ती युवकको विस्तृत विवरण खुल्न बाँकी रहेको छ । पानीमा घोप्टो अवस्थामा भएका उनको शरिरमा कुनै घाउ–चोट नभेटिएको तथा घटनाको प्रकृति हेर्दा २/४ दिन अघिकै हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक रिजालले  जानकारी दिए ।

शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस