१० जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राष्ट्रहितविपरीतको कार्य नगर्न केपी ओली सरकारलाई चेतावनी दिएका छन् । राष्ट्रपतिले आइतबार जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा पार्टीको धारणा सार्वजनिक गर्दै विप्लवले यस्तो चेतावनी दिएका हुन् ।
‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ’, विप्लवमा भनिएको छ, ‘त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिङ्गो देशले चुकाउनुपर्ने हुन्छ । अतः हाम्रो पार्टी त्यस्ता राष्ट्रहितविपरीत कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’
प्रतिक्रिया दिनुहोस