खेलकुद समाचार

सन्दीपले ट्रिन्बागो नाइट राइडर्सबाट सिजनको सिपिएल खेल्ने

sandeep lamichhane

११ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले ट्रिनबागो नाइट राइडर्सबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । सन्दीपले नाइट राइडर्सबाट प्रतियोगिता खेल्ने सीपीएलले जनाएको हो ।

सन्दीपले यसअघि तीन सिजन सीपीएल खेलिसकेका छन् । सन्दीपले जमैका तलावाज, किट्स एन्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट  सीपीएल खेलेका थिए ।

सन् २०२१ को सीपीएल क्रिकेट अगस्ट २८ बाट सुरु हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस