समाचार

हात्तीको आक्रमणबाट आमा–छोरीको मृत्यु

bead body tag

११ जेठ, बर्दिया । बर्दियामा हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । गएराति जिल्लाको गेरुवा गाउँपालिका वडा नम्बर १ सरखोल खचकपुर बस्ने बर्ष ३७ की चन्द्रा बिक र निजको छोरी बर्ष ३ की दीपिका बिकको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

सोमबार राति आफ्नै घरमा बसिरहेको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जबाट दुईवटा जंगली हात्ती आई उनीहरुलाई आक्रमण गरेको थियो । चन्द्राको घटनास्थलमै मृत्यु भएको थियो ।

गम्भीर घाइते दिपीकालाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज लगिएकोमा आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस