मुख्य समाचार

कीर्तिपुरमा एक पुरूषको हत्या, पाँच पक्राउ

Murder

११ जेठ, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा एक पुरूषको हत्या भएको छ । गत शनिबार राति ११ बजे कीर्तिपुर नगरपालिका वडा नम्बर ५ स्थित एक गलैंचा फ्याक्ट्रीमा काम गर्ने मकवानपुरको बकैया–१ घर भएका मान बहादुर घिसिङको हत्या भएको हो ।

हत्या आरोपमा पाँच जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक रुकेश तन्डुकारले जानकारी दिए । पक्राउ पर्नेमा भगत बहादुर बल, क्षेत्र बहादुर बल, जगत बहादुर बल, बिरु गोले र विशाल मोक्तान छन् ।

मृतक र आरोपी सबैजना दिनेश बलले संचालन गरेको गलैँचा फ्याक्ट्रीमा मजदुर हुन् । आरोपीहरु बिरुद्ध ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी तण्डुकारले बताए ।

शनिवार राति मदिरा सेवन गरेर झगडा हुँदा पाँच जना मिलेर मान बहादुरको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतकको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *