
११ जेठ, काठमाडौं । नायक तथा ज्योतिष हरिहर अधिकारीलाई पितृशोक परेको छ । उनका पिता रामबहादुर अधिकारीको कोरोनाका कारण उपचारका क्रममा निधन भएको हो ।
विगत २० दिनदेखि कोरोनासँग लडिरहेका रामबहादुरको सोमबार निधन भएको हो । उनको २ हप्तादेखि कलंकीको नेशनल अस्पतालमा उपचार भैरहेको थियो ।
कीर्तिपुर निवासी हरिहरको पुरै परिवार कोरोना संक्रमित भएका थिए । रामबहादुर पनि ज्योतिष विधामै सक्रिय थिए ।
प्रतिक्रिया दिनुहोस