
११ जेठ, काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य करेक्सन भएको छ । लगातार रुपमा नयाँ नयाँ रेकर्ड कायम गर्दै अगाडि बढेको सेयर बजारमा आज मंगलबार भने ६.४७ अंकले करेक्सन भएर २८१६.६० अंकमा बनद भएको छ ।
०.२३ प्रतिशतले घटेको बजारमा ११ अर्ब १३ करोड ३३ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन २१९ कम्पनी कारोबारमा सामेल भए । मंगलबार ६ वटा समुहमा बढोत्तरी छ भने ७ वटा समुह ओरालो लागेको छ ।
४ वटा समुहको सेयर मूल्य ९ प्रतिशत भन्दा माथि बढेको छ । बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, युनिभर्सल पावर कम्पनी र घलेम्दी हाइड्रो लिमिटेडको सेयर मूल्य ९ प्रतिशत भन्दा माथि बढेको हो ।
कारोबार रकमका आधारमा अरुण काबेली पावर कम्पनीको ३३ करोड ८३ लाख रुपैयाँ बढीको सेयर खरिदबिक्री भएको छ । अहिले जलविद्युतमा लगानीकर्ताको आकर्षण देखिएको छ । दोस्रो बढी कारोबार हुनेमा एसियन लाइफ इन्सुरेन्स रहेको छ ।