समाचार

कमेडियन आदर्श मिश्राका पिताको निधन

binod

११ जेठ, काठमाडौं । कमेडी च्याम्पियनमा सहभागी भएर चर्चामा आएका कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन भएको छ । उनको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

विनोदको निधन भएको चर्चित कलाकार मनोज गजुरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनी चार वर्षदेखि मिर्र्गौलाको समस्यासँग जुधिरहेका थिए । उनलाई सोमबार राति मात्र उपचारको आशामा भरतपुर अस्पतालमा पु¥याइएको थियो।

बाराको जितपुरमा बस्दै आएका विनोदको हप्तामा दुई पटक मिर्गौलाको डायलसिस नारायणी अस्पताल हुँदै आएको थियो । आदर्श कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चामा आएका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *