समाचार

हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गयो

hatti

११ जेठ, बर्दिया । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ ।

बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दीपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए ।

गर्मीले गर्दा घरबाहिर आँगनमा सुतिरहेका बेला चन्द्रा र उनकी छोरी दीपिकालाई सोमबार राति १० बजेतिर जङ्गली हात्तीले आक्रमण गरेको निकुञ्जले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस