मुख्य समाचार

स्याङ्जामा नक्कली सेनिटाइजर बेच्ने पक्राउ

arrest

१२ जेठ , स्याङ्जा । स्याङ्जामा विभिन्न कम्पनीको लेबल लगाएर नक्कली सेनिटाइजर बेच्ने एक जना पक्राउ परेका छन् । पुतलीबजार–१ का ४७ वर्षीय देवेन्द्र पौडेललाई नक्कली सेनिटाइजर बेच्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो ।

पौडेलले जिल्ला सदरमुकाममा मित्र काफ्लेको घरमा कोठा भाडामा लिई नक्कली सेनिटाइजर कारोबार गर्दै आएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख तथा एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

पौडेलको कोठाबाट डिटर्जेन्ट एण्ड कस्मेटिक उद्योगको लेबल लगाइएको ह्यान्ड​ सेनिटाइजर ९० लिटर र ग्लोबल हेल्थ केयर भारत लेखिएको लेबल लगाइएको ह्यान्ड सेनिटाइजर ९० लिटर बरामद गरिएको प्रहरीले जनाएको छ ।

पौडेललाई नियन्त्रणमा लिई कालोबजारीसम्बन्धी कसुरमा कानुनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *