१२ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सेयर लगानीमा कडाइ गरेको छ । मौद्रिक समीक्षामार्फत गरिएका व्यवस्थालाई परिपत्रमार्फत निर्देशन दिँदै राष्ट्र बैंकले बैंकहरुलाई सेयर लगानीमा कडाइ गरेको हो ।
बैङ्क तथा वित्तीय संस्थाहरुले एक वर्षभन्दा लामो अवधिका लागि मात्र सेयर तथा ऋणपत्रमा लगानी गर्न पाउने छन् । सेयर खरिद गरेको एक वर्ष पुरा भएपछि लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको एक प्रतिशत रकमसम्म मात्र बिक्री गर्न सक्ने छन् ।
यसअघि लगानी गरेको भए २०७९ असार मसान्तभित्र बिक्री गर्न नयाँ व्यवस्थाले रोक लगाएको छैन । अबदेखि विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनका लागि बाहेक लघुवित्त संस्थाको सेयरमा लगानी गर्न पनि पाइने छैन । यसअघि गरेको भए पुस महिनाभित्र बिक्री गरिसक्नु पर्ने छ । उनीहरुले कुनै पनि किसिमको प्रबन्धबाट अल्पकालीन लगानी गर्न पाउने छैनन् ।