
१२ जेठ , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ भने तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ नै कायम गरिएको छ ।
त्यस्तै यता चाँदीको मूल्य पनि गत मंगलबारकै मूल्य प्रतितोला एक हजार ३५० रुपैयाँ कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस