
१२ जेठ , काठमाडौं । कोरोना विरुद्धको कोभिसिल्ड खोपको दोस्रो खोप लगाउन छुटकालाई आज (बुधबार) देखि खोप लगाइँदै छ ।
गत फागुन २३ गते भन्दा अगाडि पहिलो प्राथमिकतामा परेर कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएका दोस्रो डोज लगाउन छुटेकालाई खोप लगाइने भएको हो ।
बुधबार सुरक्षाकर्मीलाई मात्रै र बिहिबार र शुक्रबार गरी दुई दिन स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सरसफाईकर्मी, पत्रकार, कूटनीतिक नियोगका कुटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तिय संस्थानका कर्मचारीलगायतलाई मात्रै खोप लगाइनेछ ।
आज महानगरीय प्रहरीवृत्त, जाउलाखेल, ललितपुरमा बिहान १० बजेदेखि खोप लगाइँदैछ भने बिहिबार र शुक्रबार स्वास्थ्य कार्यालय, ललितपुरमा खोप लगाइनेछ ।
प्रतिक्रिया दिनुहोस