
१२ जेठ, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार दिउँसो भएको टेलिफोन वार्तामा चिनियाँ समकक्षीले सो खोप उपलब्ध गराउने जानकारी गराएका हुन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गर्दै सो जानकारी गराएकी हुन् ।
‘आज नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको टेलिफोन वार्ताको क्रमका चिनियाँ राष्ट्रपति सी चिनिफिङले चीनले नेपाललाई कोभिड १९ को १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका छन्’, राजदूत होउले लेखेकी छिन् ।
प्रतिक्रिया दिनुहोस