समाचार

प्रदेश पूर्वप्रमुख मल्लको निधनमा देउवाद्वारा दुःख व्यक्त

corona malla

१३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको काठमाडौं स्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार एक शोक वक्तव्यमार्फत गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, “नेपाली कांग्रेसका नेता, सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वका धनी मेरा मित्र मोहनराज मल्लको असामयिक निधन भएको खबरले मलाई अत्यन्त दुःखित बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’

कैलाली जिल्ला निवासी स्वर्गीय मल्ल नेपाली कांग्रेसका महासमिति सदस्य समेत थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *