मुख्य समाचार

भारतमा फेरि बढ्दै कोरोना संक्रमित, ३ हजार ८४१ जनाको मृत्यु

corona test india

१३ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ११ हजार २७५ नयाँ कोरोना संक्रमित फेला परेका छन् । यही अवधिमा २ लाख ८२ हजार ९२४ जना निको भएका छन् थप ३ हजार ८४१ जनाको मृत्यु भएको छ ।

पछिल्लो दुई दिनमा भारतमा नयाँ संक्रमितको संख्या पुनः बृद्धि देखिएको छ । यसअघि २४ मेमा १.९५ लाख संक्रमित फेला परेका थिए भने २५ मेमा २.०८ लाख संक्रमित थपिएका थिए ।

नयाँ संक्रमित भन्दा निको हुने संख्या बढ्दा सक्रिय संक्रमितको संख्यामा भने गिरावट आएको छ । बुधबार ७५ हजार ६०१ सक्रिय संक्रमित कम भएका छन् । पछिल्लो दिन २६ राज्य नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी पाइएको छ ।

भारतमा हालसम्म २.७३ करोड मानिस संक्रमित भइसकेका छन् भने यसमध्ये २.४६ करोड निको पनि भएका छन् । मृतकको संख्या ३.११ लाख रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस