मुख्य समाचार

शेयर बजारमा नयाँ रेकर्ड, १४ अर्ब बढी कारोबार हुँदा १.२ अंकले गिरावट

broker office kathmandu

१३ जेठ, काठमाडौं । बिहीबार शेयर कारोबार रकम अहिलेसम्मकै उच्च भएको छ ।

यस दिन १४ अर्ब ७६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबार रकममा नयाँ रेकर्ड बने पनि परिसूचक भने सामान्य घटेको छ । १.२ अंकले घटेर नेप्से २८१५ अंकमा कायम भएको छ ।

समूहगत रुपमा हेर्दा यस दिन ब्यापार २८१, विकास बैंक ११४, जलविद्युत १३१, फाइनान्स ३६, निर्जीवन बीमा १४२ र उत्पादन ३२ अंकले बढे । बैंकिङ ६, होटल तथा पर्यटन १४, अन्य २४, जीवन बीमा १३६ र माइक्रोफाइनान्स समूह १९१ अंकले घटेका छन् ।

यस दिन जलविद्युत कम्पनीका लगानीकर्ताले बढी मूल्य कमाएका छन् । नेपाल हाइड्रो डेभलपर्स, खानीखोल हाइड्रो, युनाइटेड मोदी, अरुण काबेली, रिडी हाइड्रोपावर, जोशी, अपि, दिव्यश्वरी हाइड्रोपावरको मूल्य करिब १० प्रतिशतले बढेको छ ।

भुलसुधार : यसअघि यस समाचारमा बिहीबार हुनु पर्नेमा अन्यथा भएकाले सच्चाइएको छ – सम्पादक

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *