मनोरञ्जन ताजा समाचार

गायक प्रमोद खरेलले भने- ‘८ महिनामा कोरोनाले दुई पटक आक्रमण गर्यो’

Pramod kharel

१३ जेठ, काठमाडौं । गायक प्रमोद खरेलले कोरोनाले आफुलाई ८ महिनामा दुई पटक छोएको बताएका छन् । बिहिबार आइसोलेसनबाट मुक्त भएको खुसी शेयर गर्दै खरेलले आफु दुई पटक कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

‘८ महिनाको अन्तरालमा कोरोनाले २ चोटी आक्रमण गर्यो’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलो डोज भ्याक्सिन पनि लाएकै थियो । तर पनि आएरै छोड्यो’ ।

उनले पहिला कोरोना लागेका र खोप लगाएका सबैलाई कोरोनाबाट सचेत रहन र सुरक्षित रहन समेत आग्रह समेत गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *