मुख्य समाचार

थप ६९३९ जनामा कोरोना संक्रमण पुष्टि, १०६ जनाको मृत्यु

corona update

१३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

२० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

यही अवधिमा थप ७ हजार २२६ जना निको भएका छन् । लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेकाे छ । बुधबार पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो ।

नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख १८ हजार ८२९ जना निको भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप १०६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ६९५१ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस