समाचार

कोरोना उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम

nepal medical association

१३ जेठ, काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड महामारीमा फ्रण्टलाईनमा बसेर संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम सुरु गरेको छ । अग्रभागमा बसेर कोभिड १९ संक्रमितको उपचारमा संलग्न भएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि विहिबार देखि दुई दिन भर्चुअल तालिम सुरु गरिएको हो ।

विरामीको उपचारका लागि अक्सिजन , औषधी तथा अन्य आवश्यक स्वास्थ्य सामाग्रीले मात्रै नहुने भएकाले आफु सुरक्षित रहेर र प्रभावकारी ढंगले उपचार गर्न सकियोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको संघले जनाएको छ । तालिममा आफु सुरक्षित रहेर संक्रमित विरामीको व्यवस्थापन, अक्सिजन तथा भ्यान्टीलेटर लगायतको विशेष उपचारका क्रममा ध्यान दिनुपर्ने कुराहरुलाई चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रशिकि्षत गरिने महासचिव डाक्टर बद्री रिजालले जानकारी दिए ।

विश्वस्वास्थ्य संगठन लगायत विभिन्न संघ संस्थाको सहयोगमा सञ्चालित सो तालिममा एक सय जना चिकित्सक एवंम् स्वास्थ्यकर्मीलाई सहभागी गराईने महासचिव डाक्टर रिजालले जानकारी दिनुभयो । ५ बटा समूहमा विभाजन गरेर २-२ दिनको दरमा १० दिन सम्म तालिम सञ्चालन गरिने छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *