
१३ जेठ, काठमाडौं । भोलिदेखि काठमाडौं उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञालाई थप कडाई हुँदैछ । किराना पसल समेत सञ्चालन गर्न नदिने भएपछि सरकारले नै खाद्यान्न घर घरमा ल्याइदिने भएको छ ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत काठमाडौं उपत्यका भित्रका घर–घरमा सामान बिक्री वितरण गर्ने प्रबन्ध प्रशासनले मिलाएको छ ।
काठमाडौं जिल्ला प्रशासनले विज्ञप्ति जारी गरेर सम्पर्कका लागि नम्बर समेत दिएको छ ।
यी हुन् प्रशासनले उपलब्ध गराएका नम्बर
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
प्रमुख कार्यकारी अधिकृत, मोहनप्रकाश चन्द: ९८५१३२०३१४
विभागीय प्रमुख, भिमबहादुर थापा: ९८५११३६७८५
प्रादेशिक प्रमुख, थापाथली ज्ञानु थापा: ९८५११२७८८
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड
प्रमुख कार्यकारी अधिकृत, उर्मिला श्रेष्ठ: ९८५१०२२५६४
नायब कार्यकारी अधिकृत, कुमार राजभण्डारी: ९८५१०३३३०३
विभागीय प्रमुख, सबल रिजाल: ९८५१११३६६०
अधिकृत, प्रज्वल प्रधान: ९८४१३३२९९०, ९८१३२७२५६३