मुख्य समाचार

हुन्डीको ५३ लाखसहित २ जना पक्राउ

hundi karobari pakrau

१३ जेठ, पर्सा । पर्सा प्रहरीले ५३ लाख ८० हजार रकमसहित हुण्डी कारोबार गर्ने दुई जना बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नं.६ घर भई बीरगन्ज महानगरपालिका वडा नं. ८ बिपिसी क्याम्पस छेउमा डेरा गरी बस्ने वर्ष २६ को शिव आनन्द गुप्ता र पर्सा बीरगन्ज महानगर वडा नं.११ श्रीपुर बस्ने वर्ष १९ को प्रकाश जैसवाल रहेका छन् ।

अवैध हुण्डी कारोवार भइरहेको छ भन्ने सूचना पाएर जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले जैसवाललाई बिहीबार बिहान ११ बजे २४ लाख अवैध रकम सहित पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

त्यस्तै, गुप्ताको बिपिसी क्याम्पस नजिकैको डेरामा रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग भित्र लुकाइछिपाई राखिएको २९ लाख ८० हजार थप रुपैंया फेला परेको प्रवक्ता खनालले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *