मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न देउवाको माग

Sherbahadur deuba

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर नर्समाथि भएको आक्रमणको निन्दा गरेका छन् । महामारीका बेला जोखिम मोले काम गर्ने स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु दुखद भएको उल्लेख गर्दै देउवाले घटनाको निन्दा गरेका हुन् ।

घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाहीको मागसमेत देउवाले गरेका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो । यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा दिनरात खटेका छन् । स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु ।’

कोरोना संक्रमितको मृत्युपछि अस्पतालले उपचारमा लापरवाही गरेको भन्दै मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस