
१४ जेठ, काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्माले महामारीको समयमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षाको माग गरेका छन् । शुक्रबार विहान सामाजिक सञ्जालमार्फत भेरी अस्पतालमा कोरोना संक्रमितको निधनपछि आक्रोशित आफन्त स्वास्थ्यकर्मीमाथि नै आक्रमणमा उत्रिएपछि उनले सरकारलाई गम्भीर बन्न आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘दोषीमाथि कारबाही गर्नुका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पारियोस् ।’ सत्ताको अराजकता सबैतिर फैलिनु गम्भीर विषय भएको शर्माले बताए । ‘म स्वास्थ्यकर्मीको साथमा छु,’ उनले भनेका छन् ।
विहीबार राति बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको थियो । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको थिए ।
प्रतिक्रिया दिनुहोस