समाचार

कोरोना संक्रमित भएपछि गाउँलेद्वारा लखेटिए ७० वर्षीय वृद्ध

corona help

१४ जेठ, बझाङ । कोरोना संक्रमित तल्कोट गाउँपालिका–५ ललितपुरका ७० वर्षीय प्रेम विकलाई गाउँलेले लखेटेका छन् । तल्कोट गाउँपालिका ५ ललितपुर घर भएका ७० वर्षीय प्रेम कामी गाउँलेद्वारा लखेटिएका हुन् ।

स्वास्थ्यमा समस्या आएपछि जेठ ८ गते जिल्ला अस्पताल बझाङमा पिसिआर जाँच गरेका बिकको रिपोर्ट पोजेटिभ आएपछि उनी २ दिन जिल्ला अस्पतालको आइसोलेसनमा बसेका थिए । २ दिन जिल्ला अस्पतालमा बसेर होम आइसोलेसनमा बस्ने भन्दै घर हिँडेका विक छिमेकी गाउँपालिका मष्टामा आफन्तको घरमा गएका थिए ।

आफन्तको आस भरोसामा मानेर मष्टा गाउँपालिका वडा नम्बर ६ पुगेका विकले कोरोना लागेको थाहा पाएपछि बाँस बस्न त परै जाओस् २ दिनसम्म खाना खान पनि पाएनन्, उल्टै गाउँलेबाट लखेटिन पुगे । कामीको परिवारमा कोहि पनि छैनन् र भएका आफन्तहरूबाट पनि लखेटिएपछि उनी साह्रै समस्यामा परे ।

स्थानीय गाउँलेहरुले नै तल्कोट गाउँपालिका घर भएका वृद्ध मष्टा गाउँपालिकामा २ दिनसम्म खाना नपाएर छटपटाएको खबर तल्कोट गाउँपालिका अध्यक्ष लाल बहादुर बिष्टलाई जानकारी गरे पश्चात बिष्टले तत्काल तल्कोट गाउँपालिका स्वास्थ्य चौकी इन्चार्ज राजु विकको नेतृत्वमा स्वास्थ्य चौकीको टोली खटाई विरामीको उद्धार गरेका छन् ।

हाल उनी तल्कोट गाउँपालिकाको आइसोलेसनमा बसेका छन् । ‘कोरोना लागेपछि न घरकाले हेरे, न त आफन्तले नै । आफन्तको आसभरोसामा मष्टा गएँ, त्यहाँ पनि गाउँलेले झन्डै ढुंगा हानेर मारेको । दुई दिनसम्म भोकै छु,’ आइसोलेसनमा रहेका कामीले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस