मनोरञ्जन ताजा समाचार

कालापत्थर पुगेर कमेडी गर्ने नेपग्याजमलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड

standup comedy

१४ जेठ, काठमाडौं । स्टेण्डअप कमेडियनको समूह ‘नेपग्याजम’ले सगरमाथाको कालापत्थरमा स्टेण्डअप कमेडी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ । ‘नेपग्याजम’का तर्फबाट उमेशकुमार गौतम (यूकेजी) र लोकमणि त्रिताल(रमेश अंकलको छोरो)ले गत वैशाख २० मा ५ हजार ६ सय ४३ मिटरको उचाईमा स्ट्यान्डअप कमेडी प्रस्तुत गरेका थिए ।

‘प्रदूषणरहित समाजको परिकल्पना : हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित कमेडी प्रस्तुतिका लागि नेपग्याजमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट अनुमति लिएर उनीहरू त्यहाँ पुगेका थिए ।

नेपग्याजम मिडिया एन्ड प्रोडक्सनका निर्देशक सन्तोष देवकोटाले विश्व रेकर्ड कायम भएको आधिकारिक घोषणा भइसके पनि कोरोना महामारीका कारण प्रमाणपत्र आउन केही समय लाग्ने बताए । कलाकार उमेश र लेखमणिले स्वस्थ मनोरञ्जनात्मक सामाग्री समेटेर ३०/३० मिनेटका दुईवटा स्ट्यान्डप अप कमेडी प्रस्तुत गरिएको बताए ।

नेपालमा स्ट्याडप कमेडी गर्ने थुप्रै समूह रहे पनि ‘नेपग्याजम’ ले विशेष पहिचान बनाइसकेको छ । यसले प्रस्तुत गर्ने कमेडीहरू बेलाबेलामा युट्युबको नेपाल ट्रेन्डिङमा पनि परिरहेका हुन्छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस