मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु

bahas

१४ जेठ, काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनलगायत विषयमा परेका रिटको सुनुवाइ सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा रहेको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य छन् । केहीबेर अघि संवैधानिक इजलासमा रिटसम्बन्धी सुनुवाइ सुरु भएको हो ।

प्रतिनिधिसभा विघटन बदरको मागसहित सर्वोच्चमा दायर ३० रिटमाथि संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । बिहीबार प्रधानन्यायाधीश राणाको एकल इजलासले सर्वोच्च अदालततर्फका १९ वटा रिटलाई समेत संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो । त्यसबाहेक ११ वटा रिट संवैधानिक इजलासतर्फ दर्ता भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस