मुख्य समाचार

भारतमा दैनिक संक्रमित भेटिनेकाे संख्या ४४ दिन यताकै कम

corona

१४ जेठ, काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा तीब्र कमी आइरहेको छ । पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार ३ सय ६४ नयाँ संक्रमित थपिएका छन् । यो बितेका ४४ दिन यताकै सबैभन्दा कम संख्या रहेको मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमित भेटिनेको संख्यामा कमि आए पनि मृत्यु हुनेहरुको संख्या भने घट्न सकेको छैन । २४ घण्टामा थप ३ हजार ६ सय ६० जना संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा २ करो८ ७५ लाख ५५ हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् । ती मध्ये २ करोड ४८ लाख ९३ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन् । बितेको २४ घण्टामा २ लाख ५९ हजार ४ सय ५९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अहिले भारतमा सक्रिय कोरोना संक्रमितको संख्या २३ लाख ४३ हजार १ सय ५२ रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस